वाशिङटन–अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले मडेर्ना कम्पनीले उत्पादन गरेको कोरोना खोपको प्रयोगका लागि स्वीकृति दिएको छ।
एफडीएले शुक्रबार राति ट्वीटरमार्फत् खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको जनाएको हो। अमेरिकामा स्वीकृति पाउने मडेर्नाको खोप दोस्रो हो। यसअघि फाइजर तथा बायोएनटेकद्वारा उत्पादन गरिएको खोपले स्वीकृति पाएको थियो।
एफडीएले मडेर्नाको खोप अमेरिकाभर १८ वर्षभन्दा बढी उमेरका व्यक्तिमा लगाउन स्वीकृति दिएको छ। मडेर्नाको खोप ९४ प्रतिशत प्रभावकारी मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।