चितवन– गौतम बुद्ध कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा राप्तीले नारायणी टिमलाई १४४ रनको लक्ष्य पेश गरेको छ।
चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको राप्तीले उत्कृष्ट सुरुवात गर्दै २० ओभरको समाप्तिमा आठ विकेटको क्षतिमा १४३ रन बनाएपछि नारायणीले मध्यम लक्ष्य पाएको हो।
राप्तीका लागि ओपनरमा आएका कुशल भुर्तेल र अमित श्रेष्ठले ५१ रनको उत्कृष्ट साझेदारी गरे। पहिलो विकेटको रुपमा अमित ५.४ ओभरमा ब्यक्तिगत १८ रन बनाएर आउट भए। राप्तीका लागि कुशलले ४२ रनको सर्वाधिक रन बनाए। त्यस्तै, कप्तान विनोद भण्डारीले ३२ रन बनाउँदा शरद भेषावकरले १० रनको योगदान दिए। बलिङतर्फ नारायणीका लागि शाहव आलमले तीन विकेट लिँदा सुशन भारीले दुई र कप्तान करण केसीले एक विकेट लिए।
यसअघि सोमबार भएको लिग चरणको अन्तिम खेलमा राप्तीले नारायणीलाई एक विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।