चितवन– गौतम बुद्ध कप टि–२० क्रिकेट प्रतियोगितामा नारायणी टिमले राप्तीलाई १३९ रनको लक्ष्य दिएको छ।
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनको भरतपुरमा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३८ रन बनाएपछि राप्तीले मध्यम लक्ष्य पाएको हो। खराब सुरुवात गरेको नारायणीले तीन रन हुँदा दोस्रो विकेट गुमाएको थियो। राजु रिजाल शून्य रनमा आउट हुँदा सन्दीप जोरा एक रनमा आउट भए।
७९ रन हुँदा सात विकेट गुमाएको नारायणीका लागि कप्तान करण केसी र किशोर महत्तोले टिमलाई उकासे। करण र किशोरले ५९ रनको साझेदारी गरेका थिए। विष्फोटक ब्याटिङ गरेका किशोरले १४ बलमा चार छक्का र दुई चौका प्रहार गर्दै ३६ रनमा अविजित रहे। कप्तान करणले २२ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३२ रन बनाए। यसअघि सुसन भारीले १८ र इशान पान्डेले १० रनको योगदान दिए। बलिङतर्फ सूर्य तामाङ र अविनाश बोहराले समान २–२ विकेट लिए।
नारायणी र राप्ती दुवै टिम फाइनल प्रवेश गरिसकेका टिम हुन्। बागमती टिमले दुई खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि राप्ती र नारायणी फाइनलमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।