काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। शनिबार आएको रिपोर्टमा उनको कोरोना संक्रमण भएको पुष्टि भएको हो।
रुघाखोकीको लक्षण देखिएपछि नेता सिटौलाको स्वाब परीक्षण गरिएको थियो। शनिबार नेता सिटौलामा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए।
उनको अवस्था सुधार हुँदै गएको बताइएको छ। सिटौला हाल होम आइसोलेसनमा बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।