एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ७ करोड ७४ हजार ८ सय ६० पुगेको हो । हालसम्म विश्वभर १५ लाख ९० हजार ९ सय ९८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ४ करोड ५१ लाख २१ हजार ३ सय २५ जना निको भएका छन्।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ५७ लाख ९२ हजार ३ सय ८४ छ। यस्तै, भारतमा ९७ लाख ९६ हजार ७ सय ६९, ब्राजिलमा ६७ लाख ८१ हजार ७ सय ९९, रुसमा २५ लाख ७४ हजार ३ सय १९, फ्रान्समा २४ लाख ५ हजार २ सय १० र बेलायतमा १८ लाख १४ हजार ३ सय ९४ संक्रमित भएका छन्।
यस्तै, कोरोना संक्रमितको मृत्यु पनि अमेरिकामै सबैभन्दा धेरै भएको छ। त्यहाँ हालसम्म २ लाख ९४ हजार ३ सय २० जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा १ लाख ७९ हजार ७ सय ६५, भारतमा १ लाख ४२ हजार १ सय ८६, मेक्सिकोमा १ लाख १२ हजार ३ सय २६, बलायतमा ६३ हजार ६ सय ३, इटालीमा ६३ हजार ३ सय ८७ र फ्रान्समा ५७ हजार ६ सय ७१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।