काठमाडौं- पछिल्लो २४ घन्टामा १ हजार २ सय ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ।
आज देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजको समेत नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ६ सय ७४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
आज देशभर १२ हजार १ सय ४८ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।