एजेन्सी–अमेरिकामा कोरोना संक्रमणबाट एकै दिन सबैभन्दा धेरै मृत्युको रेकर्ड कायम भएको छ। सिएनएनका अनुसार बुधबार एकैदिन ३ हजार ४९ जनाको मृत्यु भएको हो।
यसअघि १५ अप्रिलका दिन २ हजार ७ सय ५२ जनाको मृत्यु भएको थियो। अहिले अमेरिकामा दैनिक सरदर २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।
यस्तै, बुधबार २ लाख १६ हजार १ सय ५५ संक्रमित थपिएका छन्। अमेरिकामा हालसम्म संक्रमितको संख्या १ करोड ५५ लाख ८२ हजार ८ सय ४० पुगेको छ भने हालसम्म २ लाख ९२ हजार ३४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।