काठमाडौं- चितवनमा आउने २७ गतेदेखि हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको लागि पारस खड्का, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीको कप्तानीमा टिमको घोषणा भएको छ।
बागमती प्रदेश क्रिकेट संघले बुधबार खेल तालिका सार्वजनिक गर्दै टिम र खेलाडीहरुको पनि टुंगो लगाएको हो। नारायणी टिमको कप्तानमा पारस खड्का छन्। राष्ट्रिय टिमको कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल बाग्मती टिमका कप्तान भएका छन्। यस्तै विनोद भण्डारीको कप्तानीमा राप्ती टिमको घोषणा भएको हो।
भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरीरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा मंसिर २७ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रदेश क्रिकेट संघले चितवन जिल्ला क्रिकेट संघसँग सहकार्य गर्दै प्रतियोगिता आयोजना गर्न लागेको हो। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको लागि बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गर्ने छन्।
प्रतियोगिताको पहिलो दिन २७ गते बागमति टिमले नारायणी टिमसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, २८ वते राप्तीले बागमतिसँग खेल्नेछ। २९ गते नारायणीले राप्तिसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणको शीर्ष दुई टिमले मंसिर ३० गते फाइनल खेल्नेछन्।
नारायणी टिम
पारस खड्का (कप्तान), सुवास खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी, शाहब आलम, आरिफ शेख, सन्दीप जोरो, रित गौत्तम, सिद्धान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ, विवेक यादव
बागमती टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), अनिल शाह, सोमपाल कामी, राशिद खान, ललित नारायाण राजवंशी, सागर ढकाल, रोहितकुमार पौडेल, पवन सर्राफ, सुनिल धमला, विक्रम सोब, प्रदीप ऐरी, भीम शार्की, आकाश थापा, संघर्ष पौडेल
राप्ती टिम
विनोद भणडरी (कप्तान), कुशल भुर्तेल,अविनाश बोहरा, कमलसिंह ऐरी, सुर्य तामाङ, भुवन कार्की, शरद भेषावकर, लोकश बम, आशिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरि चौहान, स्वप्निल अधिकारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।