काठमाडौं- पूर्वपश्चिम विद्युतीय रेलमार्ग र काठमाडौंमा निर्माण हुने मेट्रो रेल निर्माणका लागि रूस इच्छुक देखिएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटि रूसी टोलीले यस्तो इच्छा व्यक्त गरेकाे हो।
भेटमा प्रतिनीधि मण्डलले पूर्वपश्चिम विद्युतिय रेलमार्ग र संघीय राजधानी काडमाडौंको मेट्रो प्रोजेक्टमा लगानी गर्न इच्छुक रहेको जनाएका हुन्। ती परियोजनाबारे हालसम्म भएका प्रगति बारेमा मन्त्रालयका अधिकारीहरुले रूसी टोलीलाई जानकारी गराएको थियो।
सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप रुसले तयार गरेकोमा बधाई दिँदै पूर्ण सफलताको कामना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।