काठमाडौं- बुधबार नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलबार २३ जना संक्रमितको मृत्यु भएको थियो।
बुधबार १ हजार ५६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ। कुल संक्रमितमध्ये १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ६ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ५ हजार ९ सय ७२ पुगेको छ। हाल ५ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।