काठमाडौं– भारतलाई घरेलु टिम अस्ट्रेलियाविरुद्धको तीन खेलको टि–२० क्रिकेट सिरिज क्लिन स्विप गर्ने अवसर छ। तेस्रो तथा अन्तिम खेलमा आज भारतले अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
सिड्नी क्रिकेट मैदानमा दिउँसो १ः५५ मिनेटमा सुरु हुने खेलमा भारत जित हात पार्दै सिरिज ३–० ले जित्न चाहन्छ। अस्ट्रेलिया भने अन्तिम खेलमा जित निकाल्दै सिरिज २–१ को स्थितिमा टुंग्याउने दाउमा छ। मुख्य खेलाडीहरु चोटका कारण मैदानबाट बाहिरिएपछि संकटमा आएको अस्ट्रेलियाले एक खेलअघि नै सिरिज भारतलाई सुम्पिएको थियो।
पहिलो खेलमा ११ रनले जितेको भारतले दोस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो। भारतले यसअघि खेलेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज भने अस्ट्रेलियालाई २–१ ले सुम्पिएको थियो।
भारतले अस्ट्रेलियासँग यो टि–२० क्रिकेट सिरिजपछि चार खेलको टेस्ट क्रिकेट सिरिज खेल्नेछ। टेस्ट क्रिकेट सिरिज १७ डिसेम्बरबाट सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।