काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ। गत २४ घण्टामा १ हजार १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा १०, ओखलढुंगामा २, झापामा २२, ताप्लेजुङमा ३, तेह्रथुममा १, पाँचथरमा १, मोरङमा २०, सुनसरीमा ११ र संखुवासभामा ६ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा ३, पर्सामा २, बारामा ९, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १५, चितवनमा ३६, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा ४, भक्तपुरमा ३१, मकवानपुरमा ९, रामेछापमा १, ललितपुरमा ६७, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा ४, तनहुँमा १०, नवलपरासी पूर्वमा ८, पर्वतमा ११, लमजुङमा ५, बागलुङमा ९ र स्याङजामा ६ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १५, कपिलवस्तुमा २८, गुल्मीमा २, दाङमा २८, नलवपरासीमा १०, पाल्पामा १४, बर्दियामा ३, बाँकेमा ९, रोल्पामा २ र रुपन्देहीमा ५३ जनामा कोरोना पाइएको छ।
कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ४, दैलेखमा २, मुगुमा ४ र सुर्खेतमा १६ जनामा कोरोना भेटिएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा २७, कैलालीमा २४, डडेल्धुरामा १२, बझाङमा १०, बाजुरामा १ र बैतडीमा २ कोरोना भेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।