काठमाडौं– अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कले भारतविरुद्धको टि–२० क्रिकेट सिरिजको बाँकी दुई खेल गुमाएका छन्।
स्टार्क पनि टिमबाट बाहिरिएपछि अस्ट्रेलियालाई ठूलो झड्का लागेको छ। यसअघि ओपनर ब्याट्सम्यान डेभिड वार्नर, मार्कस स्टोइनिस, एस्टन एगर, मिचेल मार्स घाइते हुँदै टिमबाट बाहिरिएका थिए भने तीव्र गतिका बलर पट कुम्मिन्सलाई विश्राम दिइएको थियो। टिमका मुख्य खेलाडीहरु एकपछि अर्को गर्दै बाहिरिएपछि अस्ट्रेलिया टिम संकटमा छ।
आफ्नो परिवारका सदस्य बिरामी परेपछि भारतविरुद्धको टि–२० क्रिकेट सिरिजको बाँकी रहेको दुई खेल मिचेल स्टार्कले गुमाउने भएका हुन्। स्टार्क कहिले टिममा फर्किने भन्ने पनि निश्चित भइसकेको छैन। टि–२० क्रिकेट सिरिज सकेपछि अस्ट्रेलियाले पाहुना टोली भारतविरुद्ध डिसेम्बर १७ बाट चार खेलको टेस्ट क्रिकेट सिरिज खेल्नेछ।
पहिलो टि–२० क्रिकेट खेल भने स्टार्कले खेले। भारतले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको खेलमा स्टार्कले चार ओभर बलिङ गर्दै ३४ रन खर्चिएर दुई विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।