काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ। गत २४ घण्टामा १ हजार २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा ६, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३९, ताप्लेजुङमा २, मोरङमा ४, सुनसरीमा २८ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धुनषामा १८, पर्सामा १५, बारामा २, महोत्तरीमा २, रौतहटमा २, सप्तरीमा २, सर्लाहीमा ३ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ४९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २९, चितवनमा ११, दोलखामा ७, धादिङमा ८, नुवाकोटमा ४६, भक्तपुरमा १८, मकवानपुरमा १५, रसुवामा ४, रामेछापमा ६, ललितपुरमा ६५, सिन्धुलीमा १४ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४५, तनहुँमा ९, नवलपरासी पूर्वमा २, पर्वतमा २, म्याग्दीमा २, लमजुङमा १५, बागलुङमा १४ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा १, दाङमा ११, नलवपरासीमा ५, पाल्पामा ५, प्यूठानमा २, बर्दियामा ९, बाँकेमा २०, रोल्पामा २ र रुपन्देहीमा ४१ जनामा कोरोना पाइएको छ।
कर्णाली प्रदेशको जुम्लामा ४ र दैलेखमा ३ कोरोना भेटिएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३५, कञ्चनपुरमा १७, कैलालीमा ३३, डडेल्धुरामा ४, डोटीमा २, दार्चुलामा ३, बझाङमा ११ र बैतडीमा ३ कोरोना भेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।