काठमाडौं- काठमाडौं उपत्यकामा ४ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका १ हजार २४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ३२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा ३ सय ४९, भक्तपुरमा १८ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै काठमाडौंमा मात्र ९० हजार ७७ जना संक्रमित पुगेको छ। जसमध्ये ५ हजार ६ सय ५१ जना सक्रिय छन् भने ८४ हजार २९ जना उपचारपछि निको भएका छन्। ३ सय ९७ जनाको मृत्यु भएको छ।
ललितपुरमा कुल संक्रमितको संख्या १३ हजार ७ सय ६३ पुगेको छ। १ सय २२ जना संक्रमितको मृत्यु भएको छ। कुल संक्रमितमध्ये १२ हजार ५ सय १३ जना उपचारपछि निको भएका छन् भने १ हजार १ सय २८ जना सक्रिय छन्।
यस्तै भक्तपुरमा कुल संक्रमितको संख्या ८ हजार १ सय ३६ पुगेको छ। जसमध्ये ७ हजार ५ सय ५० जना उपचारपछि निको भएका छन् भने ४ सय ९३ जना उपचाररत छन्। भक्तपुरमा हालसम्म ९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।