काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो तीन वटा प्रदेशका पहाडी भूभागका हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।
आज दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
यस्तै, आज राति प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको जनाइएको छ।
हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यूनचापीय प्रणाली बनेको छ ।
यस्तो छ ३ दिनको मौसमी विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।