काठमाडौं- मोटरहेड ब्रान्डले बालाजुमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले बालाजुमा नयाँ सोरुम खोलेको हो।
उक्त सोरुमबाट मोटरसाइकल, स्पेयर पार्ट्स र सर्भिसिङको पनि सुविधा उपलब्ध हुनेछ। अत्याधुनिक प्रविधिसहित सभिर्सिङका लागि दक्ष जनशक्ति पनि परिचालन गरिएको कम्पनीले जनाएको छ।
एसएलआर टेक्नोले ललितपुर र भक्तपुरपछि ग्राहकको सहजताका लागि बालाजुमा तेस्रो सोरुम खोलेको हो।
कम्पनीले बालाजु सोरुम उद्घाटनमा विशेष अफर स्वरूप स्पेयर पार्ट्समा १० प्रतिशत, मजदुर ज्यालामा ५० प्रतिशत छुट तथा निःशुल्क वासिङ र मोटरसाइकल खरिद गर्दा १५ हजार छुटको व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।