काठमाडौं-फ्रेन्चाइज टिम गाले ग्लाडिएटर्सका कप्तान शाहिद अफ्रिदी लंका प्रिमियर लिग (एलपिएल) क्रिकेट छोडेर पाकिस्तान फर्किएका छन्।
श्रीलंकामा अहिले लंका प्रिमियर लिग चलिरहेको छ। गाले ग्लाडिएटर्सले तीन खेल खेलिसकेको छ। तर व्यक्तिगत कारण (पर्सनल इमर्जेन्सी) देखाउँदै कप्तान अफ्रिदी भने प्रतियोगिता छाडेर पाकिस्तान फर्किएका छन्। उनी घर फर्किर्नुको कारण खुलाइएको छैन। ‘पर्सनल इमेर्जेन्सी’ मात्रै भनिएको छ।
अफ्रिदीले के आपतकालीन समस्याका कारण गएको र कहिलेसम्म बस्ने बताएका छैनन्। तर उनी आफ्नो समस्या सुल्झाएर लंका प्रिमियर लिग खेल्न भने फर्किने बताएका छन्। लंका प्रिमियर लिग खेल्न उनी नोभेम्बर २४ मा श्रीलंका आएका थिए।
लंका प्रिमियर लिगमा ग्लाडिएटर्सले तीन खेल खेलेको छ। जसमा ग्लाडिएटर्सले सबै खेल हारेको छ।
यसअघि दम्बुल्ला भाइकिङका अफगानी तीब्रगतिका बलर अफ्ताब आलम पर्सनल कारण देखाउँदै घर फर्किएका थिए। लंका प्रिमियर लिग डिसेम्बर १६ तारिखम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।