एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४३ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ६ करोड ४३ लाख ६० हजार ८ सय १५ पुगेको हो। हालसम्म कोरोना संक्रमणका कारण विश्वभर १४ लाख ८९ हजार ८ सय १६ जनाको मृत्यु भइसकेको छ भने ४ करोड १२ लाख ७८ हजार २ सय २४ जना निको भइसकेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म १ करोड ३९ लाख ३ सय ५० जना संक्रमित भएका छन्। त्यहाँ २ लाख ७३ हजार १ सय ७० जनाको मृत्यु भइसकेको छ। यस्तै, भारतमा ९४ लाख ९९ हजार ४ सय १३ संक्रमित र १ लाख ३८ हजार १ सय २२ को मृत्यु, ब्राजिलमा ६३ लाख ८६ हजार ७ सय ८७ संक्रमित र १ लाख ७३ हजार ८ सय १७ को मृत्यु तथा रुसमा २३ लाख २७ हजार १ सय ५ जना संक्रमित र ४० हजार ६ सय ३० जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।