काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले आपत्ति जनाएका छन्।
बुधबार पुल उद्घाटन गर्न तनहुँको व्यास नगरपालिका पुगेका पौडेललाई प्रशासनले बल प्रयोग गरेर नियन्त्रणमा लिएको छ। उक्त घटनाको निधिले विरोध जनाएका छन्।
‘नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित तनहुका दर्जनौँ काँग्रेस नेताहरुलाई लछारपछार गरी गिरफ्तार गरेकोमा सरकारको घोर भर्त्सना गर्दछु,' ट्विटरमा पौडेलले भनेका छन्, 'स्थानीय तहले निर्माण गरको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयता विरोधी र तानाशाही काम हो।’
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।