काठमाडौं- नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन्।
सन्दीपले बुधबार ट्विट गर्दै कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन्। सन्दीप १० दिनमा कोरोनामुक्त भएका हुन्। गएको साता सन्दीपलाई कोरोना देखिएपछि आइसोलेसनमा बसेका थिए।
कोरोना मुक्त भएपछि सन्दीपले शीघ्र स्वास्थ्य लाभको कामना गर्ने समर्थकलाई धन्यवाद दिँदै आफू मैदानमा फर्किन हतारमा भएको बताएका छन्। सन्दीपले आफ्नो टिमको लागि राम्रो गर्ने पनि बताएका छन्।
यसअघि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मीलाई कोरोना पोजेटिभ देखिएको थियो। अहिले उनीहरु सबै कोरोना मुक्त भइसकेका छन्।
आइसिसी विश्वकप क्रिकेट लिग-टु का लागि मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले गएको हप्तादेखि टिमलाई बन्द प्रशिक्षणमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।