काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४० महिला र २९० पुरुष गरी ५३० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ९ हजार ६५६ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४०९, ललितपुरमा ८५ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ११, ललितपुर २ र भक्तपुरमा २ जना गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ८८ हजार ३०२ जना संक्रमित भएका छन्, जसमध्ये ३८६ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ८१ हजार ११० छ।ललितपुरमा १३ हजार ३५९ जना संक्रमित भएका छन्। जसमा ११४ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ८८४ जना निको भएका छन्।
भक्तपुरमा ७ हजार ९९५ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार २९८ जना निको भइसकेका छन्।आज काठमाडौमा ६ हजार ८०६, ललितपुरम १ हजार ३६१ र भक्तपुरमा ६०४ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज देशभर १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ। २४ घण्टामा २ हजार ७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ।
आज देशभर १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ५२९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।