काठमाडौं– इंग्ल्यान्डसँगको टि–२० क्रिकेट सिरिजमा घरेलु टिम दक्षिण अफ्रिका सान्त्वना जितको खोजीमा रहेको छ।
आज (मंगलबार) राति टि–२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। यसअघिको दुबै खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिका अन्तिम खेलमा भने जित निकाल्दै सिरिज २–१ को स्थितिमा टुंग्याउने लक्ष्यमा छ। यता, इंग्ल्यान्ड भने दक्षिण अफ्रिकाविरुद्ध क्लिन स्विप नतिजा निकाल्ने दाउमा छ।
न्युल्यान्ड्सको केपटाउनमा इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समय अनुसार ९ः४५ मा सुरु हुनेछ। यसअघि भएको पहिलो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि दक्षिण अफ्रिका चार विकेटले पराजित भएसँगै एक खेलअघि नै इंग्ल्यान्डले टि–२० क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको थियो।
दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँग तीन खेलकै एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।