• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन ८, २०८२ Fri, Feb 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपाली क्रिकेटको प्रशिक्षक को? यी हुन् सम्भावित ३ नाम

64x64
नेपाल लाइभ सोमबार, मंसिर १५, २०७७  १७:५३
1140x725

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक खोजी हुन थालेको तीन महिनाभन्दा बढी भयो। गएको वर्ष माघमा तत्कालीन प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि गएको भदौमा पहिलोपटक नेपाल क्रिकेट संक (क्यान)ले प्रशिक्षकका लागि खुला आवेदन मागेको थियो। 

जहाँ विभिन्न देशका ७२ प्रशिक्षकले आवेदन दिएका थिए। त्यसबाट छानिएका १२ जनाको अन्तर्वार्तापछि अहिले अन्तिम नामहरु टुंगो लाग्दैछ। जहाँ श्रीलंकालाई विश्वकप जिताएका अस्ट्रेलियाका डेभ वाटमोर, स्कटल्यान्डका निल म्याकरे र भारतका अपूर्व देसाई अन्तिम तीन नाममा परेका छन्। 

मंसिर दोस्रो साता नै नेपाली क्रिकेट टिमले मुख्य प्रशिक्षक पाउने क्यानले बताउँदै आएको थियो। तर आन्तरिक कारण क्यानले मुख्य प्रशिक्षकको टुंगो समयमा लगाउन सकेको छैन। यसअघि अन्तर्वार्ता हुँदा १२ प्रशिक्षकको सूचिमा पुबुदु दासानाएके पनि थिए। तर नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक समेत रहेका पुबुदु भने अन्तिम तीनमा अटाएका छैनन्। अन्तर्वार्तापछि क्यानले तीन जना मुख्य प्रशिक्षकको दाबेदार तयार गरेको हो। जसमा वाटमोर, म्याकरे र देसाई छन्।

२०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटाले लिँदै आएका थिए। त्यसअघि पनि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउँदा मुख्य प्रशिक्षकमा टमाटा नै थिए। अहिले नेपाली क्रिकेट टिम बन्द प्रशिक्षणमा रहँदा टमाटाले नै मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन्।

यस्ता छन् सम्भावित प्रशिक्षक 

डेभ वाटमोर
श्रीलंकालाई १९९६ मा प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताएका वाटमोर आफ्नो समयका उम्दा खेलाडी हुन्। राइट ह्यान्डेड ब्याट्सम्यान वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, एक एकदिवसीय, १०८ फस्ट क्लास र २६ लिष्ट ए क्रिकेट खेलेका छन्।

२००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक भएर पनि काम गरे। बंगलादेशको क्रिकेटलाई विश्व जगतमा चिनाउन उनको भूमिका महत्वपूर्ण मानिन्छ।

एक समय भारतीय क्रिकेट टिमको प्रशिक्षकको रुपमा चर्चा गरिएका वाटमोरले भारतको यु–१९ राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी पनि सम्हालेका छन्। २००८ मा विराट कोहलीको कप्तानीमा भारतले यु–१९ विश्वकपको उपाधि जित्दा प्रशिक्षकमा उनै वाटमोर थिए। त्यसका साथै भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको डाइरेक्टर भएर पनि उनले काम गरे।

Ncell 2
Ncell 2

यस्तै उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सको प्रशिक्षकको रुपमा पनि काम गरे।

उनी २०१२ मा पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने। उनकै प्रशिक्षणमा पाकिस्तानले एसिया कपको उपाधि समेत जितेको थियो। उनी २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक भूमिकामा रहे।

पाकिस्तानपछि २०१४ को डिसेम्बरमा वाटमोर जिम्बाब्वेको प्रशिक्षक बने। जिम्बाब्वेसँग ९ महिनाको सम्झौता बाँकी रहँदै बर्खास्त भएका वाटमोर त्यसपछि २०१७ मा केरला क्रिकेट एसोसिएसनको मुख्य प्रशिक्षक बने। उनी २०२० को फेब्रुअरीमा सिंगापुर राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने। उनले सिंगापुरलाई एसीसी टि–२० एसिया कपमा छनोट गराए।

वाटमोरले नेपाली खेलाडीहरुलाई यसअघि प्रशिक्षण दिइसकेका छन्। ब्याट एण्ड बल फाउण्डेसनले आयोजना गरेको हाई पर्फर्मेन्स क्याम्पमा ११ दिन नेपाली खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए।

निल म्याकरे
म्याकरे स्कटल्यान्डका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन्। उनले २ एकदिवसीय र ६ फस्र्ट क्लास र १७ लिष्ट ए खेल खेलेका छन्। इंग्ल्यान्डमा जन्मिएका ४८ वर्षीय म्याकरे आफ्नो समयका राइट ह्यान्डेड ब्याट्सम्यान थिए।

उनले सन् २००६ पाकिस्तानविरुद्ध एकदिवसीय क्रिकेट खेलमा डेब्यु गरेका थिए। त्यसपछि त्यही वर्ष आयरल्यान्डसँगको खेल उनको अन्तिम एकदिवसीय खेल रह्यो। फष्र्ट क्लास क्रिकेटमा भने उनले १९९९ मा डेब्यु गरेका थिए। २००७ पछि उनी मैदान बाहिर छन्। उनले डिसेम्बर २०१३ मा जर्सी राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक भएर काम गरे।

अपूर्व देसाई
भारत गुजरातका देसाईसँग खेलाडीको रुपमा दुई फस्ट क्लास र दुई लिस्ट ए क्रिकेट खेलेको अनुभव मात्र छ। उनी २०१८ मा भएको एसिया कप छनोट क्रिकेटमा नेपाली क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा थिए।

भारत बैंगलोरमा रहेको नेशनल क्रिकेट एकेडेमीमा १० वर्षभन्दा बढी समय ब्याटिङ प्रशिक्षकको काम गरेको अनुभव भएका देसाईले आइपिएल टिम कोलकाता नाइट राइडर्समा ब्याटिङ प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपालाई एमालेको चेतावनी- हाम्राे धैर्यतालाई कमजोरी नठान्नू
कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने, गगन–विश्वप्रकाशले सम्बोधन गर्ने
एक वर्षमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
सम्बन्धित सामग्री
टी–२० विश्वकप: नामिबियालाई १०२ रनले हराउँदै पाकिस्तान सुपर ‘एट’मा नामिबियालाई पाकिस्तानले समूह चरणको अन्तिम खेलमा १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै पाकिस्तानले ३ विकेटको... बुधबार, फागुन ६, २०८२
टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित, दीपेन्द्रको अर्धशतकमा स्कटल्यान्ड सात विकेटले पराजित १२ वर्षअघि सन् २०१४ को विश्वकपमा अफगानिस्तान र हङहङलाई हराएको नेपालले त्यसयता सहभागिता जनाएका विश्वकपमा जित निकाल्न सकेको थिएन । मंगलबार, फागुन ५, २०८२
टी-२० विश्वकप : स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ । मंगलबार, फागुन ५, २०८२
ताजा समाचारसबै
काँग्रेसको अनुशासन कार्यविधि-२०८२ पारित शुक्रबार, फागुन ८, २०८२
निषेधको प्रवृत्ति अन्त्य गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह शुक्रबार, फागुन ८, २०८२
वृद्धमाथि सडकमा हातपात गर्ने पारस बमलाई सात दिन म्याद शुक्रबार, फागुन ८, २०८२
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख शुक्रबार, फागुन ८, २०८२
रास्वपालाई एमालेको चेतावनी- हाम्राे धैर्यतालाई कमजोरी नठान्नू शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित बिहीबार, फागुन ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्