काठमाडौं- अस्ट्रेलियासँगको एकदिवसीय सिरिजमा भारत पराजित भएको छ। पहिलो एकदिवसीय ६६ रनले हारेको भारतले दोस्रो खेल ५१ रनले गुमाएको हो। ३ सय ९० रनको लक्ष्य पछ्याएको भारतले पूरा ओभर खेल्दै ९ विकेट जाँदा ३ सय ३८ रन मात्र बनाउन सक्यो। सिरिजको तेस्रो खेल आउने बुधबार हुनेछ।
आइतबार सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोज्दै पूरा ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको थियो। स्टेभेन स्मिथले ६४ बलमा १ सय ४ रन बनाएका थिए। यसअघि सिरिजको पहिलो खेलमा पनि उनले शतक नै बताएका थिए। यस्तै डेभिड वार्नरले ७७ बलमा ८३ रन, आरोन फिन्चले ६९ बलमा ६०, मार्नस लाबसकाग्नेले ६१ बलमा ७० रन साथै ग्लेन म्याक्सवेलले २९ बलमा ६३ रन बनाए।
भारतका लागि कप्तान विराट कोहलीले ८७ बलमा ८९ रन बनाए। मयंक अग्रवालले २६ बलमा २८ रन, शिखर धावनले २३ बलमा ३०, श्रेयस ऐयरले ३६ बलमा ३८ रन, के एल राहुलले ६६ बलमा ७६ रन, हार्दिक पाण्ड्याले ३१ बलमा २८ रन साथै रविन्द्र जडेजाले ११ बलमा २४ रन बनाए।
आउने बुधबार हुने तेस्रो एकदिवसीय पछि भारत र अस्ट्रेलियाले तीन खेलको टी ट्वान्टी सिरिजका साथै चार खेलको टेस्ट सिरिज पनि खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।