काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल संक्रमित मृतकको संख्या १ हजार ४५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ३८० जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १७ लाख १९ हजार ८२८ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६१८ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १८ हजार ८३ जना सक्रिय संक्रमित छन्।
आज ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।