काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमित भएकामध्ये करिब ९२ प्रतिशत निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अद्यावधिक गरेको विवरणअनुसार ९१.९ प्रतिशत संक्रमणमुक्त भएका हुन्।
पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएपछि कुल संक्रमणमुक्त हुनेको संख्या संख्या करिब ९२ प्रतिशत पुगेको हो। योसँगै नेपालमा २ लाख १० हजार ६ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छन्।
हालसम्म नेपालमा २ लाख २९ हजार ३४३ जनामा संक्रमण भेटिएको छ। आज मन्त्रालयका अनुसार १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख १० हजार ४ सय ६० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६ सय १ जना क्वारेन्टाइनमा छन्। नेपालमा १७ हजार २ सय ३७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।