काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको छ।
मन्त्रालयले असोज मसान्तसम्मका लागि ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको र कात्तिक महिनाको जोखिम भत्ता निकासा प्रक्रियामा रहेको जानकारी दिँदै उक्त निर्देशन दिएको हो।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले शुक्रबार एक सूचना सार्वजनिक गर्दै कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता तत्काल उपलब्ध गराउन भनेका हुन्।
सार्वजनिक सूचनाअनुसार मन्त्रालयमा बसेको सचिवस्तरको निर्णयअनुसार भत्ता उपलब्ध गराउन भनिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।