काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गरेकी छन्।
राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि शितल निवास पुगेका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलासँग भेट गर्दै राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन्।
राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको बताए।
बिहीबारै बिहान काठमाडौं आएका भारतीय विदेश सचिव शृंगलाले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए। सोभन्दा अघि दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो।
शुक्रबार शृंगला स्वदेश फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।