काठमाडौं- नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ। गत २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि बुधबार २८ जना संक्रमितको मृत्यु भएको थियो।
एकै दिन १ हजार ६ सय १४ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ।
गत २४ घण्टामा ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख पुगेको छ।
हाल ६ सय ८० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।