काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न गरिएको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ। निर्वाचन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले निवेदकका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने बताएको हो।
बिहीबार रिटमाथि सुनिवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले महासंघको साधारणसभा र निर्वाचन रोक्न गरिएको माग अस्वीकार गरेको हो। योसँगै महासंघको निर्वाचन प्रकृया निर्वाध रुपमा अघि बढ्ने भएको छ।
बिहीबारबाट सुरु भएको महासंघको साधारणसभा र निर्वाचन शनिबार सकिँदैछ। महासंघको निर्वाचन प्रकृयाविरुद्ध प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर शाहले निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शाहले दिएको उजुरी नहेरेको भन्दै उनी सर्वोच्च पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।