काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा २ लाख ९ हजार ४ सय ३५ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार आज ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ।
योसँगै १७ लाख जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६ सय ८० जना क्वारेन्टाइनमा छन्।
नेपालमा हाल १६ हजार ७ सय ९३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।