काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधरण सभा बिहीबारदेखि सुरु हुने भएको छ। कोभिड-१९ का कारण चैतमा हुनुपर्ने ५४औं साधरण सभा (नेतृत्व चयनको महाधिवेशन) बिहीबार (भोलि)बाट ३ दिनसम्म चल्नेछ।
महासंघको इतिहासमै पहिलोपट साधरण सभा अनलाइन जुम मिटिङबाट हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले महासंघको ५४ औं साधरणसभाको औपचारिक रुपमा उद्घाटन गर्ने भएको छ।
उद्घाटन सत्रमा प्रधामन्त्रीलगायत केही मन्त्रीहरुको समेत उपस्थिति रहने भएको छ। साथै उद्घाटन सत्रमा भारतीय राजदूत, फेन्च राजदूत, आइएलओको प्रमुख, ब्रिटिस काउन्सिलका प्रमुख र चिनियाँ राजदूतावासका एक प्रतिनिधीसमेत उपस्थित हुने कार्यक्रम तय भएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।
यसैगरी बालुबाटबाट हुने उद्घाटन सत्रमा महासंघका पदाधिकारी, महासंघ प्रदेश अध्यक्ष र पूर्वअध्यक्षहरुमात्रै सहभागी हुने र अन्य सबै अनलाइनमार्फत् सहभागी हुने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।