काठमाडौं- सरकारले भिजिट र अनअराइभल भिसामा पर्यटकहरूलाई नेपाल आउने विदेशीका लागि अनुमति दिने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक जना मन्त्रीले नेपाल लाइभलाई जानकारी दिए।
'भिजिट भिसा र अनअराइभल भिसामा नेपाल आउने विदेशीका लागि अनुमति दिने निर्णय भएको छ,' ती मन्त्रीले भने।
गत चैत ११ गते सरकारले पहिलोपटक लकडाउन घोषणा गर्नुअघि नै यस्ता भिसामा विदेशीलाई नेपाल प्रवेश गर्न रोक लगाइएको थियो।
यसका साथै तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको समेत उनको भनाइ छ। 'सहसचिवहरू सुरेश आचार्य, गोकर्ण दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको छ,' ती मन्त्रीले भने।
यस्तै बंगलादेश र भारतमा व्यावासायिक उडान सुरु गर्नेसमेत निर्णय बैठकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।