काठमाडौं- नेपाल राष्ट्र बैंकले पछिल्लो एक महिनाको अवधिमा झन्डै एक अर्ब रुपैयाँको पुनर्कर्जा प्रवाह गरेको छ। २०७७ असोज मसान्तमा राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जा ३ अर्ब ८४ करोड रुपैयाँ लगानी भएको हो।
यसमध्ये साधारण पुनर्कर्जा २ अर्ब ८५ करोड रुपैयाँ र भूकम्प पीडितलाई निजी आवास निर्माण प्रदान गरिएको पुनर्कर्जा ९९ करोड रुपैयाँ रहेको छ। २०७७ असोज मसान्तसम्ममा ४१ हजार ६१८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ७२ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २७ हजार ३६९ ऋणीलाई प्रवाह भएको ६१ अर्ब २५ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १४ हजार २४९ ऋणीको ११ अर्ब २२ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।