काठमाडौं– मध्यबानेश्वरमा रहेको ग्लोबल आइएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं थापागाउँ बस्ने ३१ वर्षीय शशी थापा छन्। उनलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको टोलीले बुधबार पक्राउ गरेको हो। बैंकको सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि गत असोज २९ गते खुकुरी प्रहार भएको थियो। बैंकमा सेवा लिन पुगेका थापा लाइनमा बसेका थिए।
रुद्रले लाइन मिलाइरहेका थिए। लाइनका विषयमा विवाद हुँदा गार्डकै कम्मरमा भिरिएको खुकुरी झिकेर थापाले गार्डमाथि नै प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गार्डको हातमा चोट लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।