एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९६ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ करोड ९६ लाख २० हजार ५ सय २ पुगेको हो। हालसम्म संक्रमणका कारण १४ लाख ६ हजार २ सय ८३ पुगेको छ भने ३ करोड ८१ लाख ७ हजार २ सय ९१ जना निको भएका छन्।
संक्रमितको संख्या अमेरिकामा १ करोड २५ लाख ५५ हजार ७ सय २९, भारतमा ९१ लाख ७७ हजार ८ सय ४०, ब्राजिलमा ६० लाख ८७ हजार ६ सय ८, फ्रान्समा २२ लाख ५ हजार ४ सय ५५, रुसमा २१ लाख २० हजार ८ सय ३६ र स्पेनमा १५ लाख ९४ हजार ८ सय ४४ छ।
यस्तै, अमेरिकामा २ लाख ५९ हजार ६ सय ४१, ब्राजिलमा १ लाख ६९ हजार ४ सय ८५, भारतमा १ लाख ३४ हजार २ सय १८, मेक्सिकोमा १ लाख १ हजार ९ सय २६ र बेलायतमा ५५ हजार ९ सय ३५ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।