काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औँ अधिवेशन स्थगनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले महासंघको अधिवेशन स्थापित मान्यता र विधान विपरीत रहेको भन्दै रोक्न माग गर्दै रिट दायर गरेका हुन्।
यसअघि साहले अधिवेशन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए। तर त्यसमाथि सुनुवाइ नभएको भन्दै उनी सर्वोच्च गएका हुन्।
महासंघको ५४औँ साधारणसभाको उद्घाटन यही ११ गते हुँदैछ। सर्वोच्चले त्यसै दिनका लागि पेसी तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।