काठमाडौं- देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ५० सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।मन्त्रालयको तथ्यांक अनुसार ५७ जना भेन्टिलेटरमा र ३ सय ९३ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४९ जना आइसियू र ४० जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६३ जना आइसियू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ५२ जना आइसियू र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ६ आइसियू, गण्डकी प्रदेशमा १०२ आइसियू र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ आइसियू उपचाररत रहेका छन्।
यसअघि सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका थिए।
नेपालमा २ लाख २४ हजार ७८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख ४ हजार ८ सय ५८ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।