• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

फर्किंदै नेपाली क्रिकेट, एक महिनाभित्र मुख्य प्रशिक्षक पाउने

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ९, २०७७  १३:४६
1140x725

काठमाडौं- लामो समय रोकिएको नेपाली क्रिकेट मैदान फर्कने तयारीमा जुटेको छ। कोरोनाका कारण थला परेको क्रिकेट क्षेत्र फर्काउन बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको कोरोना परीक्षण गर्न मंगलबार स्वाब संकलन गरिएको छ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं उपत्यकामा भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना परीक्षणका लागि स्वाब संकलन गराएको हो। क्यानले अफिसियल र ग्राउन्ड स्टाफको पनि कोरोना परीक्षण गराएको छ। तर मंगलबार सबै खेलाडीको कोरोना परीक्षण भने भएको छैन। 

क्यानले गत मंसिर ५ गते सूचना जारी गर्दै क्लोज क्याम्प गर्ने मिति र क्याम्पमा रहने खेलाडीको नाम सार्वजनिक गरेको थियो। १० गतेदेखि बन्द प्रशिक्षण गर्ने भनिए पनि अहिलेसम्म सबै खेलाडी काठमाडौं आइसकेका छैनन्। क्यानका सचिव अशोकनाथ प्याकुरेलले त्रिवि क्रिकेट मैदानमा खेलाडीको स्वाब संकलन गरिएको जानकारी दिए। उनले भने, ‘खेलाडी, अफिसियल र ग्राउन्ड स्टाफको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको छ। तर अझै ६/७ जना खेलाडी उपत्यका बाहिर छन्। सबैको परीक्षण भएको छैन।’

बन्द प्रशिक्षण मंसिर १० गतेदेखि नै हुने क्यान सचिव प्याकुरेलले बताए। उनले थपे, ‘कोरोना परीक्षण भइसकेकाले मंसिर १० गतेबाट नै अभ्यास थाल्छन्। बाहिर रहेका खेलाडी आउँदै कोरोना परीक्षणपछि थपिँदै जान्छन्।’

मंगलबार कोरोना परीक्षणका लागि स्वाब संकलनपछि त्रिवि मैदानमा खेलाडी। 

कोरोना भाइरस विश्वभर फैलिएसँगै नेपाल सरकारले गत वर्षको चैत पहिलो साताबाट खेलकुद गतिविधि ठप्प गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयसँगै नेपाली क्रिकेट पनि ठप्प भएको थियो। अहिले क्यानले आइसिसी विश्वकप क्रिकेट लिग–२ को सिरिजलाई मध्यनजर गर्दै बन्द प्रशिक्षण राख्न लागेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

बन्द प्रशिक्षणका लागि क्यानले २२ खेलाडीलाई बोलाएको छ। जसमा कप्तान ज्ञानेन्द्र मल्लसँगै पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, शरद भेषावकर, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, रोहित कुमार पौडेल र बसन्त रेग्मी छन्। त्यस्तै, सुसन भारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन्।

सन्दीप लामिछाने भने केही दिनको अभ्यासपछि बिग बास खेल्न अस्ट्रेलिया प्रस्थान गर्ने छन्। सन्दीपले यो पटक बिग बास होबर्ट हरिकेन्सबाट खेल्दै छन्। यसअघिको दुई सिजन भने सन्दीपले ग्लेन म्याक्सवेल कप्तानीमा रहेको मेलबर्न स्टार्सबाट खेलेका थिए।

एक महिनाभित्र नेपालले मुख्य प्रशिक्षक पाउने
नेपाली राष्ट्रिय क्रिकेट टिमले करिब एक महिनामा मुख्य प्रशिक्षक पाउने भएको छ। क्यानले केही दिनअघि मात्रै मुख्य प्रशिक्षकका उम्मेद्वारहरुसँग अन्तरवार्ता लिएको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

खुला छनोटबाट मुख्य प्रशिक्षकको नियुक्ति गर्नको लागि क्यानले गत भदौमा दरखास्त आह्वान गरेको थियो। मुख्य प्रशिक्षकको लागि आवेदन परेका नामबाट ‘सर्ट लिस्ट’ तयार पारेर क्यानले आइसिसीलाई पठाएको थियो। आइसिसीले अनुमोदन गरेको लिष्टका उम्मेद्वारहरुसँग क्यानले अन्तरवार्ता लिएको हो। 

अझै निकै लामो प्रक्रिया रहेकाले करिब एक महिना लाग्ने क्यान सचिव प्याकुरेल बताउँछन्। ‘हामीले अन्तरवार्ता सकेका छौं। फेरि पनि यी नाम आइसिसीलाई पठाउँछौं। अझै निकै प्रक्रिया बाँकी नै छ। यो बन्द प्रशिक्षणमा टिमले मुख्य प्रशिक्षक पाउँछन् तर अलिक समय लाग्छ। करिब एक महिनामा टु‌गो होला।’

मुख्य प्रशिक्षकका भारत, पाकिस्तान र श्रीलंकाका प्रशिक्षकहरुको नाम रहेको खबरहरु आइरहे पनि क्यानले आधिकारिक रुपमा अन्तर्वार्तामा सामेल भएकाहरुको नाम बताएको छैन। त्यसमा नेपाली टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायकेको पनि नाम सामेल रहेको बताइन्छ। 

२०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटाले लिँदै आएका छन्। त्यसअघि पनि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउँदा मुख्य प्रशिक्षकमा टमाटा नै थिए। नेपालले मुख्य प्रशिक्षक नपाउँदासम्म टमाटाकै प्रशिक्षणमा खेलाडीले अभ्यास थाल्ने छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’
एनपीएलमा ‘चाँदीको बल’ पुरस्कार, पहिलो विजेता बने शेर मल्ल
इथियोपियाको ओरोमिया क्षेत्रमा ६० जना क्रिश्चियनको हत्या
सम्बन्धित सामग्री
कमलसिंह ऐरीको घातक बलिङमा विराटनगरविरुद्ध चितवन राइनोज ८ रनले विजयी कमल सिंह ऐरीको घातक बलिङको सहायतामा चितवन राइनोजले विराटनगर किङ्सविरुद्ध ८ रनको शानदार जित निकालेको छ । मंगलबार, कात्तिक १०, २०८३
पहिलो पावर प्ले सकिँदा विराटनगर किङ्सको ४६ रन टस हार्दै पहिले ब्याटिङ गरेर चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किङ्सले पहिलो पावर प्ले को समाप्तिमा एक विकेट गु... मंगलबार, कात्तिक १०, २०८३
डेभिड मिलानको अर्धशतकमा चितवनले दियो विराटनगरलाई १५८ रनको लक्ष्य चितवन राइनोजले ओपनर डेभिड मिलानको अर्धशतकीय पारीमा उक्त रनको लक्ष्य दिएको हो । यससँगै मिलान नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार, कात्तिक १०, २०८३
एनपीएलमा ‘चाँदीको बल’ पुरस्कार, पहिलो विजेता बने शेर मल्ल मंगलबार, कात्तिक १०, २०८३
इथियोपियाको ओरोमिया क्षेत्रमा ६० जना क्रिश्चियनको हत्या मंगलबार, कात्तिक १०, २०८३
कमलसिंह ऐरीको घातक बलिङमा विराटनगरविरुद्ध चितवन राइनोज ८ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पहिलो पावर प्ले सकिँदा विराटनगर किङ्सको ४६ रन मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्