• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

फर्किंदै नेपाली क्रिकेट, एक महिनाभित्र मुख्य प्रशिक्षक पाउने

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ९, २०७७  १३:४६
1140x725

काठमाडौं- लामो समय रोकिएको नेपाली क्रिकेट मैदान फर्कने तयारीमा जुटेको छ। कोरोनाका कारण थला परेको क्रिकेट क्षेत्र फर्काउन बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको कोरोना परीक्षण गर्न मंगलबार स्वाब संकलन गरिएको छ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं उपत्यकामा भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडीको कोरोना परीक्षणका लागि स्वाब संकलन गराएको हो। क्यानले अफिसियल र ग्राउन्ड स्टाफको पनि कोरोना परीक्षण गराएको छ। तर मंगलबार सबै खेलाडीको कोरोना परीक्षण भने भएको छैन। 

क्यानले गत मंसिर ५ गते सूचना जारी गर्दै क्लोज क्याम्प गर्ने मिति र क्याम्पमा रहने खेलाडीको नाम सार्वजनिक गरेको थियो। १० गतेदेखि बन्द प्रशिक्षण गर्ने भनिए पनि अहिलेसम्म सबै खेलाडी काठमाडौं आइसकेका छैनन्। क्यानका सचिव अशोकनाथ प्याकुरेलले त्रिवि क्रिकेट मैदानमा खेलाडीको स्वाब संकलन गरिएको जानकारी दिए। उनले भने, ‘खेलाडी, अफिसियल र ग्राउन्ड स्टाफको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको छ। तर अझै ६/७ जना खेलाडी उपत्यका बाहिर छन्। सबैको परीक्षण भएको छैन।’

बन्द प्रशिक्षण मंसिर १० गतेदेखि नै हुने क्यान सचिव प्याकुरेलले बताए। उनले थपे, ‘कोरोना परीक्षण भइसकेकाले मंसिर १० गतेबाट नै अभ्यास थाल्छन्। बाहिर रहेका खेलाडी आउँदै कोरोना परीक्षणपछि थपिँदै जान्छन्।’

मंगलबार कोरोना परीक्षणका लागि स्वाब संकलनपछि त्रिवि मैदानमा खेलाडी। 

कोरोना भाइरस विश्वभर फैलिएसँगै नेपाल सरकारले गत वर्षको चैत पहिलो साताबाट खेलकुद गतिविधि ठप्प गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयसँगै नेपाली क्रिकेट पनि ठप्प भएको थियो। अहिले क्यानले आइसिसी विश्वकप क्रिकेट लिग–२ को सिरिजलाई मध्यनजर गर्दै बन्द प्रशिक्षण राख्न लागेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

बन्द प्रशिक्षणका लागि क्यानले २२ खेलाडीलाई बोलाएको छ। जसमा कप्तान ज्ञानेन्द्र मल्लसँगै पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, शरद भेषावकर, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, रोहित कुमार पौडेल र बसन्त रेग्मी छन्। त्यस्तै, सुसन भारी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुबास खकुरेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन्।

सन्दीप लामिछाने भने केही दिनको अभ्यासपछि बिग बास खेल्न अस्ट्रेलिया प्रस्थान गर्ने छन्। सन्दीपले यो पटक बिग बास होबर्ट हरिकेन्सबाट खेल्दै छन्। यसअघिको दुई सिजन भने सन्दीपले ग्लेन म्याक्सवेल कप्तानीमा रहेको मेलबर्न स्टार्सबाट खेलेका थिए।

एक महिनाभित्र नेपालले मुख्य प्रशिक्षक पाउने
नेपाली राष्ट्रिय क्रिकेट टिमले करिब एक महिनामा मुख्य प्रशिक्षक पाउने भएको छ। क्यानले केही दिनअघि मात्रै मुख्य प्रशिक्षकका उम्मेद्वारहरुसँग अन्तरवार्ता लिएको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

खुला छनोटबाट मुख्य प्रशिक्षकको नियुक्ति गर्नको लागि क्यानले गत भदौमा दरखास्त आह्वान गरेको थियो। मुख्य प्रशिक्षकको लागि आवेदन परेका नामबाट ‘सर्ट लिस्ट’ तयार पारेर क्यानले आइसिसीलाई पठाएको थियो। आइसिसीले अनुमोदन गरेको लिष्टका उम्मेद्वारहरुसँग क्यानले अन्तरवार्ता लिएको हो। 

अझै निकै लामो प्रक्रिया रहेकाले करिब एक महिना लाग्ने क्यान सचिव प्याकुरेल बताउँछन्। ‘हामीले अन्तरवार्ता सकेका छौं। फेरि पनि यी नाम आइसिसीलाई पठाउँछौं। अझै निकै प्रक्रिया बाँकी नै छ। यो बन्द प्रशिक्षणमा टिमले मुख्य प्रशिक्षक पाउँछन् तर अलिक समय लाग्छ। करिब एक महिनामा टु‌गो होला।’

मुख्य प्रशिक्षकका भारत, पाकिस्तान र श्रीलंकाका प्रशिक्षकहरुको नाम रहेको खबरहरु आइरहे पनि क्यानले आधिकारिक रुपमा अन्तर्वार्तामा सामेल भएकाहरुको नाम बताएको छैन। त्यसमा नेपाली टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायकेको पनि नाम सामेल रहेको बताइन्छ। 

२०७६ माघमा उमेश पटवालले राजीनामा दिएपछि नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी जगत टमाटाले लिँदै आएका छन्। त्यसअघि पनि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउँदा मुख्य प्रशिक्षकमा टमाटा नै थिए। नेपालले मुख्य प्रशिक्षक नपाउँदासम्म टमाटाकै प्रशिक्षणमा खेलाडीले अभ्यास थाल्ने छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १३:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ
सम्बन्धित सामग्री
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले श... आइतबार, असोज २५, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा पहिलो सेमिफाइनलमा देविदत्त बटालियनले भिक्ट्री किङ्सलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्