काठमाडौं-मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ।
सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार एकै दिन १८ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
आइतबारको तुलनामा सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने घटेको छ। त्यस्तै चाँदीको मूल्यसमेत घटेको छ। सोमबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएकोमा मंगलबारका लागि ११ सय ८० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य एकै दिन प्रतितोला ३० रुपैयाँले घटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।