एजेन्सी–पाकिस्तान प्रशासित गिलगित बल्तिस्तानमा हालै भएको निर्वाचनमा धाँधली भएको भन्दै हिंसा भड्किएको छ। प्रदर्शनका क्रममा आगजानी र तोडफोड भएको छ। प्रशासनले आगलागी र हिंसाका घटनामा विपक्षी दलको हात रहेको आरोप लगाएको छ।
विपक्षी दलले आफ्नो धारणा यसअघि नै सार्वजिनक गरिसकेको छ। निर्वाचनको नतिजा देशको मुख्य दुई विपक्षी दलले अस्वीकार गर्दै आएका छन्। पाकिस्तान पिपल्स पार्टी र मुस्लिम लिग (नवाज) ले धाँधलीको आरोपमा निर्वाचन परिणाम अस्वीकार गरेको थियो । सरकार र चुनाव आयोग मिलेर धाँधली गरेको उनीहरुको आरोप थियो।
पाकिस्तानको सत्तारुढ दल पाकिस्तान तहरिक ए ईन्साफ (पिटिआई)ले यो निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको थियो। धेरै जसो स्वतन्त्र रुपमा चुनाव उठेर जितेका उममेदवारले पिटिआइको गठबन्धनमा सहभागी हुने घोषणा गरेका थिए।
गिलगित बल्तिस्तान सरकारका प्रवक्ता फैवुल्लाह फारुकले गलत रुपमा हिंसा भड्काइएको आरोप लगाए। मुख्य निर्वाचन आयुक्तले उजुरी सुनिरहेको समयमा विपक्षीहरुले हिसा भड्काएको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।