काठमाडौं- नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विगत २४ घण्टायता १६ जना कोरोना संक्रमितको मृत्यु भएसँगे कुल मृतकको संख्या १ हजार ३ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख कटेको छ। आज ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएसँगै कुल निको हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको हो।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८० जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १६ लाख ६७ हजार ४५६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६२९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १८ हजार ८८४ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।