• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

म्यानचेस्टर सिटी जालान् त मेस्सी? 

64x64
नेपाल लाइभ सोमबार, मंसिर ८, २०७७  १६:०३
1140x725

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटीमा प्रशिक्षक पेप गार्डिओलाको समय गएको हप्ता दुई वर्ष थपिएसँगै उनीमाथि पहिलो प्रश्न थियो- लियोनल मेस्सी सिटी ल्याइने सम्भावना बढेको हो? 

त्यसमा गार्डिओलाको उत्तर थियो- ‘म चाहन्छु मेस्सीले आफ्नो फुटबल जीवन बार्सिलोनामा नै सकाउन्। म एक बार्सिलोना समर्थक पनि भएकाले त्यसमा नै खुसी हुनेछु। अब उनको सम्झौता सकिँदैछ त्यसमा उनले के सोचेका छन् भन्ने मलाई थाहा छैन।’ 

सार्वजनिक रुपमा गार्डिओलाले जे भने पनि सिटीले मेस्सीलाई चाहिरहेको छ, जसका सक्नेसम्म सबै प्रयास गर्नेछ। कतिपयले गार्डिओलाको थप सम्झौतामा प्रमुख उपलब्धी नै मेस्सी के गर्छन् भन्नेमा निर्भर रहेको विश्लेषण गरिरहेका छन्। 

म्यानचेस्टर सिटीमा खेलाडी फेरबदल आवश्यक देखिएको आवाज उठिरहेको छ। प्रिमियर लिगमा सिटीको अहिलेको अवस्थाले पनि त्यो आवाजलाई बढाउने काम गरिरहेको देखिन्छ। लिगमा आठ खेल खेल्दा सिटी अहिले १३औँ स्थानमा छ। जसबाट माथि उठ्न धेरै काम गर्नुपर्ने देखिन्छ। 

नयाँ सिजनअघिको खेलाडी किनबेचको समयमा सिटीले स्पेनिस क्लब बार्सिलोनाबाट मेस्सी लैजान आफूले गर्नुपर्ने सबै प्रयास गरेकै हो। मेस्सी बार्सिलोना छाड्न चाहन्छन् भन्ने विषय बाहिरिएदेखि उनलाई लैजान सबैभन्दा अघि सिटी नै थियो। तर बार्सिलोनाले मेस्सीलाई पठाउन नचाहनु र सहज अवस्था नभई मेस्सीले पनि छाड्ने मनसाय नदेखाउनुले विषय टुंगिएको थियो। 

त्यसबेला मेस्सीले सिटी जाने मनस्थिति बनाउनुको प्रमुख कारण गार्डिओला नै थिए। यसैले अहिले गार्डिओलाको समय थप भएसँगै मेस्सी सिटी जाने सम्भावना बढेको विश्लेषणले आधार पाइरहेको छ। सिटीमा आवश्यक देखिएको परिवर्तनको कार्यभार गार्डिओलामाथि नै पर्दा उनका लागि मेस्सी प्रमुख पात्र हुन सक्छन्। 

गार्डिओलाले अझै दुई वर्ष सिटीमा नै रहने निर्णय मेस्सीका कारण मात्र गरेका भने होइनन्। तर गार्डिओला र मेस्सीको सम्बन्ध मेस्सीको भविष्यसँग मात्र होइन सिटीको समयसँग पनि जोडिएको छ। पछिल्लो पटक मेस्सीले बार्सिलोना छाड्न चाहँदा सबैभन्दा पहिले गार्डिओलासँग नै गरेको सल्लाहले पनि त्यसलाई स्पष्ट पार्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मेस्सी र गार्डिओलाको त्यो छलफल चार घन्टासम्म चलेको स्पेनिस फुटबल विश्लेषक गिलियम बालागुले बिबिसीमा लेखेका छन्। जहाँ प्रिमियर लिगमा खेल्नु कस्तो हुनेछ, म्यानचेस्टर सिटीको अवस्था कस्तो छ, कस्ता कुराहरुमा विचार गर्नुपर्ने हुन्छ जस्ता विविध विषयमा कुराकानी भएको थियो। 

मेस्सीको अवस्था नयाँ सिजनमा पनि बार्सिलोनामा राम्रो देखिन सकेको छैन। गोलमा बढ्ने उनको क्षमतामा कमि आएको देखिन्छ भने अन्य व्यवहारिक कुरामा पनि उनी खुसी छैनन्। यसैले जनवरीको खेलाडी किनबेच समयमा नै सिटीले मेस्सीसँग सम्झौताको पहल गर्ने खबर आइरहेका छन्। बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउको राजीनामाले अबको सम्झौता सहज हुने विश्वास पनि छ। 

बार्सिलोना अध्यक्षमा हुने नयाँ चुनावपछि को आउँछन् भन्ने विषय मेस्सीसँग जोडिएको छ। अध्यक्षका सबैजसो प्रत्याशीले मेस्सीलाई बार्सिलोनामा नै रोक्ने आफ्नो प्रमुख एजेन्डा बनाइरहेका छन्। मेस्सीलाई बार्सिलोनाले रोक्न चाहनुसँगै उनलाई लैजाने दौडमा सिटी बाहेकका क्लब पनि छन्। तर मेस्सीको इच्छा र गार्डिओलाको अवस्थाले सबैभन्दा अघि सिटी नै छ। जुनसम्म बार्सिलोनाको सम्झौतामा रहेका मेस्सीले जनवरीमा पक्कै केही सोच्ने नै छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैले सिटीका लागि अब मेस्सी लैजानुमा रकम बाधक हुने छैन। मेस्सीसँग उनी सन्तुष्ट हुने तलब सम्झौताबाहेक अन्य झन्झट सिटीलाई हुने छैन। सिटीमा मेस्सीमाथिको आश प्रिमियर लिगमा भन्दा बढी च्याम्पियन्स लिगलाई लिएर छ। गार्डिओलाले सिटीलाई च्याम्पियन्स लिगमा राम्रो गराउन नसकिरहँदा मेस्सीको आगमन टिमका लागि फरक स्वादसँगै आत्मविश्वास पनि हुनेछ। 

गार्डिओला बार्सिलोनाको प्रशिक्षक रहँदा सन् २००८ देखि २०१२ सम्मको समय मेस्सीका लागि पनि उत्कृष्ट समय हो। जुन समय मेस्सीले १३६ खेलमा १३८ गोल र ५५ एसिस्ट गरेका थिए। त्यो त्यही समय युरोपियन प्रतिस्पर्धामा रहेका अन्य खेलाडीको तुलनामा सबैभन्दा उत्कृष्ट हो। 

३३ वर्षका मेस्सी अहिले सिटीमा गएर उस्तै अपेक्षा नहोला तर उनी अझै मैदानमा ‘प्ले मेकर’ नै छन्। बार्सिलोनामा बढिरहेका मेस्सीका लागि सिटीको शैली पनि अमिल्दो छैन। त्यसमा गार्डिओलाले टिमको शैली मेस्सी अनुरुप विकास गर्ने नै छन्। 

नयाँ सिजनअघि पनि मेस्सीले खुसी मनले बार्सिलोनामा रहन्छु भनेर बोलेका होइनन्। आफू हुर्किएको क्लबविरुद्ध कुनै पनि मुद्दा मामिला गर्न नपरोस् भनेर नछाड्ने मनस्थितिमा पुगेका थिए। यसमा लामो समयको द्वन्द्वमा बार्सिलोना ब्यवस्थापनको जित र मेस्सीको हार देखियो तर त्यसले बार्सिलोनालाई मैदानको जित निश्चित गर्न सकेको छैन। यसैले मेस्सीले अझै सिटी जाने मन मारिसकेको देखिँदैन। 

मेस्सीले गरेका गोल, गोलका लागि बनाएका अवसर, व्यक्तिगत अवार्ड र टिमका लागि जितेका सबै उपाधिलाई पन्छाएर हेर्ने हो भने पनि उनको फुटबल कला मात्रैले उनको शैलीमा फुटबल समर्थक मुग्ध हुन सक्छन्। त्यो सँगै फुटबल बजारमा मेस्सीको नामले मात्र हुने व्यापारको गणना ठूलो छ। जसको फाइदा लिन कुन क्लब नचाहला? 

यो सबैमा अन्तिम आधार मेस्सी के चाहन्छन् भन्नेमा नै निर्भर रहन्छ। प्रभाव या लोभमा परेर निर्णय लिनेमा उनी पर्दैनन्। त्यसमा असर गर्नेछ ला लिगा र च्याम्पियन्स लिगमा यो सिजन बार्सिलोनाको नतिजा कस्तो हुनेछ? 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्