काठमाडौं- पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उनी पत्नी हिसिला यमी कोरोना संक्रमणमुक्त भएका छन्। आइतबार साँझ ट्विट गर्दै डा भट्टराईले आफूहरू दुवै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका हुन्।
एक महिना पहिले कात्तिक ७ गते गरिएको स्वाब परीक्षणका क्रममा डा भट्टराई दम्पतीमा एकसाथ कोरोना संक्रमण देखिएको थियो।
मंसिर ७ मा आफूहरू दुवै जना कोरोना संक्रमणमुक्त भएको जानकारी गराउँदै डा भट्टराईले कोरोना भाइरसको महाव्याधिलाई एक्लाएक्लै जित्न सकिन्न नसकिने भन्दै सबैको समान प्रयास आवश्यक भएको समेत बताएका छन्। यसका लागि सबैले नियमित स्वास्थ्य सुरक्षा विधि जारी राख्न उनको आग्रह छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।