काठमाडौं– दक्षिण अफ्रिकाका तीव्रगतिका बलर डेल स्टेयन लंका प्रिमियर लिगको फ्रेन्चाइज टिम क्यान्डी टस्कर्समा अनुबन्धित भएका छन्।
टस्कर्स क्लबले आइतबार टुइटरमा डेल स्टेयनलाई आफ्नो क्लबमा भित्र्याएको जानकारी दिएको हो। वेष्ट इन्डिजका क्रिस गेल, पाकिस्तानका वाहब रियाज र इंग्ल्यान्डका लियाम प्लुंकेटले लंका प्रिमियर लिग नखेल्ने भन्दै नाम फिर्ता लिएपछि टस्कर्स टिम समस्यामा आएको थियो। त्यहीमाथि शुक्रबार सोहेल तानविरलाई कोरोना भाइरसको संक्रमण भएपछि टस्कर्स क्लबमा थप खेलाडीको अभाव भएको थियो। यही बेला टस्कर्सले तीव्र गतिका बलर स्टेयनलाई अनुबन्धित गरेको हो।
डेल स्टेयनले पुराना साथीहरुसँग रमाइलो गर्ने र राम्रो क्रिकेट खेल्ने उल्लेख गर्दै ट्वीट गरेका छन्। डेल स्टेयनले नोभेम्बर १० तारिखमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरबाट तीन खेल खेलेका थिए।
नोभेम्बर २६ देखि डिसेम्बर १६ तारिखसम्म हुने लंका प्रिमियर लिगको उद्घाटन खेलमा कोलम्बो किंग्सले क्यान्डी टस्कर्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।