एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८० लाख नजिक पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ करोड ७९ लाख ८५ हजार ६ सय ४८ पुगेको हो। हालसम्म विश्वभर कोरोना संक्रमणबाट १३ लाख ७८ हजार ५ सय ६७ पुगेको छ भने ३ करोड ७० लाख ७५ हजार ९ सय २४ जना निको भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड २० लाख ५१ हजार २ सय ५३ पुगेको छ भने २ लाख ५५ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ।
यस्तै, भारतमा ९० लाख ५० हजार ५ सय ९७ संक्रमित र १ लाख ३२ हजार ७ सय २६ जनाको मृत्यु, ब्राजिलमा ६० लाख २ हजार १ सय ६४ संक्रमित र १ लाख ६८ हजार ६ सय १३ को मृत्यु तथा फ्रान्समा २१ लाख ६० हजार ३ सय ७२ संक्रमित र ४८ हजार ३ सय ४१ को मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।