काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका स्थायी कमिटीका सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि भएको दुर्व्यवहारको भर्त्सनायोग्य भएको उल्लेख गरेका छन्।
‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद कं. सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ‚’ शनिबार एक ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले भने‚ ‘यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन। चेत होस्।’
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै पाण्डेविरुद्ध नाराबाजी भएको थियो। नेकपा स्थायी कमिटी सदस्य पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुटको राजनीति गरेको भन्दै ओली पक्षका कार्यकर्ताले होहल्ला र नाराबाजी गरी कार्यक्रमलाई अघि बढ्न नदिएपछि यस्तो अवस्था सिर्जना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।