• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिडका बिरामीमा रेम्डेसिभिर प्रयोगबारे डब्लुएचओ र सरकारको कुरा बाझियो

डब्लुएचओले रेम्डिसिभिर नचलाउन भने पनि औषधि व्यवस्था विभाग भन्छ- प्रयोग जारी रहन्छ
कमला गुरुङ शनिबार, मंसिर ६, २०७७  ०६:०३
1140x725

काठमाडौं- नेपाल सहित विभिन्न देशमा कोरोनाका गम्भीर खालका बिरामीको उपचारका लागि रेमडिसिभिर औषधिको प्रयोग गरिएको छ। 

रेमडिसिभिर औषधिको प्रभावकारिता र साइड इफेक्टलाई लिएर विभिन्न देशमा अध्ययन र अनुसन्धान भइरहेका छन्। नेपालमा पनि यसको प्रभावकारितालाई लिएर अध्ययन चलिरहेको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमितको उपचारका लागि रेमडिसिभिर प्रयोग नगर्न आग्रह गरेको छ। डब्लुएचओले एक गाइडलाइन सार्वजनिक गर्दै कोभिडको उपचारमा यसको प्रभावकारिता पुष्टि नभएकाले बिरामीको अवस्था हेरी यसको प्रयोग नगर्न आग्रह गरेको हो।  

उक्त गाइडलाइनमा भनिएको छ, ‘हालसम्म रेमडिसिभिरले बिरामी निको पार्ने र स्वास्थ्यमा सुधार ल्याउने कुनै पनि प्रमाण पुष्टि नभएको डब्लुएचओले यसको प्रयोग नगर्न आग्रह गर्दछ।’

डब्लुएचओले रेमडिसिभिरको प्रयोग नगर्न आग्रह गरे पनि तत्काल यस विषयमा कुनै निर्णय नभएको औषधि व्यवस्था विभागले जनाएको छ। विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले डब्लुएचओले रेमडिसिभिरको प्रभावकारिता माथि प्रश्न उठाए पनि नेपाल र भारतमा भने यसको प्रयोगले कोरोनाका बिरामीलाई राम्रो गरेको पाइएको बताए। 

उनले भने, ‘भारतमा रेमडिसिभिरको प्रयोगले छोटो समयमा पनि राम्रो काम गरेको केही अध्ययनले देखाएको छ। नेपालमा पनि यसलाई राम्रो नै मानिएको छ। तर डब्लुएचओको सोलिडारिटी ट्रायलले चाहिँ यसको प्रभावकारिता माथि प्रश्न उठाएको देखिन्छ।’ 

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको प्रारम्भिक अध्ययनमा रेमडिसिभिरको प्रयोगले कोरोनाका बिरामीको ज्यान जोगाएको र राम्रो गरेको पाइएको उनले बताए। त्यसैले पनि रेमडिसिभिरको प्रयोग रोक्ने विषयमा तत्काल कुनै निर्णय नभएको उनी बताउँछन्। 

उनले भने, ‘परिषदले गरेको प्रारम्भिक अध्ययनमा रेमडिसिभिरको प्रयोगले बिरामीको ज्यान जोगाउन सफल भएका र राम्रो गरेको पनि देखिएको छ। त्यसैले यो विषयमा हामीले तत्काल कुनै निर्णय गरिसकेका छैनौं।’

Ncell 2
Ncell 2

नेपालमा हाल भइरहेको रेमडिसिभरको क्लिनिकल अध्ययन जारी नै रहने उनले जानकारी दिए। 

भर्खरै जारी भएको औषधि (तेस्रो संशोधन) अध्यादेशले पैठारी गरिएको औषधि वा खोपको प्रभावका कारण प्रयोगमा रोक लगाउन सक्ने व्यवस्था गरेको छ। 

साथै ती औषधि सूचीकृत गर्ने वा दर्ता गर्ने वा त्यस्तो औषधि वा खोपको प्रयोग वा अनुमति प्रदान गर्ने निकायले रोक लगाएमा पनि विभागले ती औषधि वा खोपको दर्ता खारेज गर्न सक्ने व्यवस्था गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेमडिसिभिर साउन २६ मा औषधि प्रयोगका लागि अध्ययन गर्ने निर्णय गरेको थियो। सम्बन्धित चिकित्सकको सिफारिस तथा प्रत्यक्ष निगरानी र बिरामीको अनुमतिमा मात्र यो औषधि प्रयोग गर्न मिल्ने मन्त्रालयले जनाएको छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक प्रारम्भिक अध्ययनले रेमडिसिभिर औषधिको साइड इफेक्ट अति कम रहेको देखाएको थियो। परिषदको अध्ययनमा रेमडिसिभिर औषधिको साइड इफेक्ट ५ प्रतिशतभन्दा कम रहेको पाइएको छ। 

रेमडिसिभिरको प्रयोग नेपालमा कोरोना संक्रमितको उपचारका लागि सुरक्षित देखिएको परिषदका अध्ययनकर्ता डा जनक कोइरालाले बताएका छन्। अक्सिजन आवश्यक परेर अस्पताल भर्ना भएका संक्रमितलाई रेमडिसिभिर प्रयोग गर्दा प्रभावकारी देखिएको उनले बताए। 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  ०६:०३
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्