काठमाडौं- नेपाल टेलिकमको अटम अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक पाइने सेवामा परिमार्जन गरेको छ। शुक्रबार राति १२ बजेपछि लागू हुने टेलिकमले अफरमा हेरफेर गरिएको जानकारी दिएको हो।
प्रतिदिन १ जिबी डाटा प्याकअन्तर्गत ७ दिनका लागि २५० रूपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८५० रूपैयाँमा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुने गरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको कम्पनीले जनाएको छ।
सोअनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याकअन्तर्गत २५० रूपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने बताइएको छ।
यसैगरी, ८५० रूपैयाँमा प्रतिदिन १४ मिनेटका दरले ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाका दरले २८ जिबी डाटा उपलब्ध गराइने यो प्याकको भ्लालिडिटी २८ दिनको हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।